काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावअघि नै बालेन्द्र शाह (बालेन)को खुट्टामा बल पुर्याएको र अब बालेनको जिम्मामा भटाभट गोल हान्ने जिम्मा रहेको बताउनुभयाे ।
चितवनमा भएको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले बानलाई पार्टीले प्रधानमन्त्री बनाएको र अब काम देखाउने जिम्मा बालेन रहेको भन्दै यस्तो बताउनुभयाे ।
उनले सरकारको निगरानी पार्टीले गरिरहेको भन्दै चुनावअघि बालेनसँग गरिएका सहमति कार्यान्वयन गरिने प्रतिवद्धता पनि जनाए। ‘हामीले नेपाली जनता र इतिहासलाई साँची राखेर जुन सहमति गरेका छौँ। त्यो सहमतिको पालना एक-एक गरेर पालना गर्ने म यहाँ उभिएर प्रण गर्न चाहन्छु। यो हाम्रो निजी कुरो होइन। इतिहासलाई जवाफ दिनुपर्ने छ। व्यक्तिको कुरा ठूलो कुरा होइन’, लामिछानेले भने ‘त्यसकारण सरकार सञ्चालनका लागि रास्वपाले चुनाव अघि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ। अब भटाभट बल हान्ने जिम्मा बालेन जीको हो। उहाँले त्यसको निरन्तरता दिइरहनुभएको छ।’
उनले झुक्किएर बल कतै गएमा फेरि पास गरेर बालेनकै खुट्टामा आफूले पुर्याउने पनि बताउनुभयाे ।











प्रतिक्रिया