जगदम्बा मोटर्सद्वारा टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु सार्वजनिक


काठमाडौं।

नेपालका लागि टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु स्कुटर सार्वजनिक गरेको छ।

नयाँ कलर भेरियन्टको सार्वजनिक कार्यक्रम बिहीबार काठमाडौंको बुढानीलकण्ठस्थित Park Village Resort मा आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले गरेका थिए।

कार्यक्रममा ८० भन्दा बढी सञ्चारकर्मी, ५० भन्दा बढी कन्टेन्ट क्रिएटर तथा मोटो भ्लगरसहित ग्राहक र TVS प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको कम्पनीले जनाएको छ। सहभागीहरूले स्कुटरको डिजाइन, विशेषता तथा रेसिङ प्रेरित व्यक्तित्वबारे प्रत्यक्ष जानकारी लिएका थिए।

कम्पनीका अनुसार नयाँ Blaze Blue संस्करण विशेषगरी स्टाइल, पर्फमेन्स र दैनिक प्रयोगलाई प्राथमिकता दिने युवा राइडरलाई लक्षित गरी ल्याइएको हो। आकर्षक ब्लेज ब्लु रङ, स्पोर्टी ग्राफिक्स, धारिलो डिजाइन तथा दमदार रोड प्रेजेन्सले स्कुटरलाई थप आकर्षक बनाएको कम्पनीको दाबी छ।

TVS Ntorq 125 लामो समयदेखि बोल्ड डिजाइन, शक्तिशाली पर्फमेन्स र रेसिङ प्रेरित विशेषताका कारण युवा राइडरबीच लोकप्रिय रहँदै आएको छ। नयाँ Blaze Blue संस्करणले स्कुटरको यही पहिचानलाई थप बलियो बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

स्कुटरमा ५० हजार किलोमिटर वारेन्टी तथा अन्य आधुनिक फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ। यी सुविधाले ग्राहकलाई विश्वसनीयता, बचत र दीर्घकालीन स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष रौनियारले TVS Ntorq ले पर्फमेन्स, प्रविधि र बोल्ड स्टाइल खोज्ने युवा राइडरहरूसँग बलियो सम्बन्ध कायम गरेको उल्लेख गर्दै नयाँ Blaze Blue संस्करणले त्यसलाई थप उत्साहजनक बनाउने बताए।

उनका अनुसार आफ्नो राइडमार्फत फरक पहिचान बनाउन चाहने युवाका लागि नयाँ भेरियन्ट आकर्षक विकल्प बन्नेछ।

कम्पनीले देशभर फैलिएको TVS डिलर नेटवर्कमार्फत ग्राहकहरूले नजिकको शोरुममा गएर नयाँ स्कुटरको उपलब्धता, विशेषता तथा स्वामित्व लाभबारे थप जानकारी लिन सक्ने जनाएको छ।