काठमाडौँ ।
कालिकोटस्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ।
शुक्रबार अस्पतालमा सेवामा खटिएका डा. अली हैदर राईनसहित स्वास्थ्यकर्मीमाथि एक समूहले आक्रमण गरी कुटपिट गरेको थियो। घटनाको भर्त्सना गर्दै संघले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा स्वास्थ्यकर्मीमाथि हुने यस्ता घटनाले समग्र स्वास्थ्य क्षेत्रलाई आतंकित बनाउने जनाएको छ।
संघले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ बमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।











प्रतिक्रिया