काठमाडौँ ।
संविधानविद् डा. भीमार्जुन आचार्यले आफ्नै सरकारको कामकारबाहीप्रति सत्तारूढ दलका नेता तथा सांसदहरूले असन्तुष्टि जनाउन थालेको भन्दै उनीहरूको भूमिकामाथि प्रश्न उठाएका छन्।
उनले सरकारप्रति प्रश्न उठाउनु सकारात्मक भए पनि सत्तापक्षका नेताहरूप्रति झनै गम्भीर प्रश्न रहेको बताए। आफ्नै दलले बनाएको सरकार जनताप्रति जवाफदेही नभएको महसुस भएको हो भने त्यसलाई बदल्ने तागत पनि सत्तापक्षकै हातमा रहेको उनको भनाइ छ।
आचार्यले सत्तापक्ष र प्रतिपक्ष दुवैको भूमिका आफैँ निर्वाह गर्ने प्रवृत्ति त्याग्न आग्रह गर्दै सरकार बदल्न किन नसकेको भन्दै प्रश्न गरेका छन्। यस्तो दोहोरो भूमिकाले लोकतान्त्रिक पद्धति र मूल्य–मान्यतालाई कमजोर बनाउने उनले चेतावनी दिएका छन्।












प्रतिक्रिया