पोखरेलको शाहलाई सुझाव : कार्यशैली बदल्नुस्


काठमाडौँ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न सुझाव दिएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘एक्लै लड्नुपर्ने’ र ‘सही समय आउन केही समय लाग्ने’ उल्लेख गर्दै गरेको पोस्टप्रति प्रतिक्रिया जनाउँदै पोखरेलले यस्तो सुझाव दिएका हुन्।

पोखरेलले प्रधानमन्त्री शाहलाई आफ्ना चुनावी वाचा र प्रतिबद्धता सम्झन, जनमतको सम्मान गर्न तथा संसदीय दल र सार्वभौम संसद्प्रति उत्तरदायी बन्न आग्रह गरेका छन्।

आफ्ना कमजोरी स्वीकार गरी सुधार गर्दै अघि बढेमा एक्लो महसुस गर्नुनपर्ने उनको भनाइ छ। तर अहिलेकै कार्यशैली कायम राखे प्रधानमन्त्री शाह एक्लो मात्र नभई पूर्ण रूपमा असफल हुने दाबी गर्दै पोखरेलले समयमै सचेत र गम्भीर बन्न आग्रह गरेका छन्।