गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित


काठमाडौं।

गरिमा विकास बैंक लिमिटेड ‘कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट २०२६’ अन्तर्गत विकास बैंक समूहमा ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएको छ।

कर्पोरेट बिजनेस म्यागजिनद्वारा बिहीबार काठमाडौंस्थित होटल ¥याडिसनमा आयोजित ‘कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट’को १८औँ संस्करणमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।

अवार्ड वितरण कार्यक्रममा विशेष अतिथि तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरी ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत विभिन्न व्यावसायिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

बैंकले यस उपलब्धिलाई ग्राहक, शेयरधनी, नियामक निकाय तथा शुभेच्छुकहरूको निरन्तर साथ, सहयोग र विश्वासको परिणाम भएको जनाएको छ। साथै, सबै सरोकारवालाप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ।

यसअघि पनि गरिमा विकास बैंकले मे ८, २०२६ मा आयोजित ‘न्युबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्स’को दशौं संस्करणमा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ सम्मान प्राप्त गरेको थियो।

हाल बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।