रामेछाप ।
आफ्नो खेतबारीमा पसेको बाँदरको बथान धपाउने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका रामेछापका एक वृद्धको उपचारको क्रममा निधन भएको छ ।
जिल्लाको मन्थली नगरपालिका ८ चिसापानीका ७६ बर्षका ठेट बहादुर खत्रीको काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
असार १ गते आफ्नै मकैबारीमा बाली नष्ट गर्न आएका बाँदरहरूलाई लखेट्ने क्रममा भीरबाट खसेका थिए ।लडेर टाउको, छाती र मेरुदण्डमा गम्भीर चोट लागेका उनलाई स्थानीयबासी र परिवारले तत्कालै उद्धार गरी मन्थली अस्पताल पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि सोही दिन थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको थियो ।अस्पतालले डिचार्ज गरे घरमा आएका खत्रीको शुत्रबार विहान आफ्नै घरमा निधन भएको मन्थली नगरपालिका ८ का वडाध्यक्ष गोपाल श्रेष्ठ जानकारी दिनु भयो ।
पछिल्लो समय रामेछापका खाँडादेवी, सुनापति, र मन्थली लगायतका विभिन्न क्षेत्रमा बाँदरको आतंक अत्याधिक बढेको छ । बाँदरले दुःखले लगाएको बालीनाली सखाप पार्नुका साथै सर्वसाधारणमाथि समेत आक्रमण गर्न थालेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन्











प्रतिक्रिया