काठमाडौं।
नेपालको यातायात क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै विश्वका अग्रणी कमर्शियल भेहिकल ब्रान्डमध्ये एक फोटोनलाई प्रतिष्ठित कर्पोरेट कमर्शियल भेहिकल अवार्ड २०२६’ प्रदान गरिएको छ।
आधुनिक प्रविधि, सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री यातायात समाधानमार्फत नेपालको यातायात क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।
एक विशेष समारोहका बीच MAW Vriddhi Commercial Vehicles Pvt. Ltd. का प्रमुख कार्यकारी अधिकृत (CEO) अनिल कुमार बरालले अवार्ड ग्रहण गर्नुभएको थियो। कम्पनीका अनुसार यो सम्मानले नेपाली कमर्शियल भेहिकल बजारमा FOTON को बढ्दो प्रभाव तथा स्वच्छ, हरित र प्रभावकारी यातायात प्रणाली निर्माणप्रति कम्पनीको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।
हालसम्म नेपालभर २ हजारभन्दा बढी FOTON सवारीसाधन आपूर्ति भइसकेका छन्। कम्पनीका ट्रक, भ्यान तथा विद्युतीय कमर्शियल सवारीसाधनले व्यावसायिक गतिशीलता सुधार गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। साथै, दिगो यातायात विकासका राष्ट्रिय लक्ष्य प्राप्तिमा समेत योगदान पुर्याएका छन्।
‘Corporate Commercial Vehicle Award 2026’ ले इलेक्ट्रिक मोबिलिटी प्रवर्द्धन, कार्बन उत्सर्जन न्यूनीकरण, स्वच्छ ऊर्जाको प्रयोग विस्तार तथा नेपालको विकसित हुँदै गएको यातायात पूर्वाधारलाई सहयोग गर्ने उन्नत कमर्शियल भेहिकल प्रविधि भित्र्याउन FOTON ले खेलेको नेतृत्वदायी भूमिकालाई मान्यता दिएको कम्पनीले जनाएको छ।
अवार्ड प्राप्तिपछि प्रतिक्रिया दिँदै CEO बरालले यो सम्मान FOTON ब्रान्ड र कम्पनीका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले नेपालमा विश्वस्तरीय कमर्शियल मोबिलिटी समाधान उपलब्ध गराउने प्रतिबद्धता अझ सशक्त बनेको उल्लेख गर्दै भरपर्दो सवारीसाधन, नवीन प्रविधि, गुणस्तरीय बिक्रीपछिको सेवा तथा दिगो यातायात समाधान प्रदान गर्न कम्पनी निरन्तर प्रतिबद्ध रहने बताउनुभयो।
विश्वव्यापी रूपमा FOTON नवप्रवर्तन, विश्वसनीयता र स्मार्ट मोबिलिटी समाधानका लागि परिचित छ। कम्पनीले विद्युतीय सवारीसाधन, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम तथा ऊर्जा–दक्ष यातायात प्रविधिमा निरन्तर लगानी गर्दै आएको छ।
नेपालमा FOTON को आधिकारिक प्रतिनिधित्व MAW Vriddhi Commercial Vehicles Pvt. Ltd. ले गर्दै आएको छ। कम्पनीले देशभर बिक्री, सेवा तथा स्पेयर पार्ट्स नेटवर्क विस्तार गरेको छ। साथै, २०० भन्दा बढी CCS2 फास्ट चार्जिङ प्वाइन्टसहितको चार्जिङ नेटवर्क निर्माण गरी विद्युतीय सवारीसाधन प्रयोगकर्तालाई सहज सेवा प्रदान गर्दै आएको जनाएको छ।
कम्पनीका अनुसार उक्त सम्मानले नेपालको कमर्शियल यातायात उद्योगलाई नवीन प्रविधि, भरपर्दो प्रदर्शन र दिगो मोबिलिटी समाधानमार्फत थप प्रभावकारी सहयोग पुर्याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।











प्रतिक्रिया