देउवा साउन २८ गते नेपाल फर्किने


काठमाडौं ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २८ गते दिउँसो १२ बजे नेपाल फर्किने भएका छन्। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवाको स्वदेश फर्किने समय तय भएको हो।

यसअघि उनी साउन २६ गते राति नेपाल फर्किने बताइएको थियो। स्वास्थ्य परीक्षण तथा उपचारका लागि विदेशमा रहेका देउवा सिंगापुर हुँदै हाल हङकङमा छन्।

नेपाल फर्किएपछि देउवाले कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गते काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यसैबीच, देउवा नेपाल फर्किएपछि उनीविरुद्ध कुनै मुद्दा वा पक्राउ पुर्जी भए–नभएकोबारे प्रहरीले रेकर्ड जाँच गरिरहेको जनाएको छ। प्रहरी प्रवक्ता अविनारायण काफ्लेले आवश्यकताअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।