काठमाडौँ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित रघुगंगा गाउँपालिका–२ मा रहेको राखु भगवती स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री तथा खानेपानी व्यवस्थापनका लागि सहयोग प्रदान गरेको छ।
बैंकको बेनी शाखामार्फत गरिएको उक्त सहयोगअन्तर्गत अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा स्वच्छ खानेपानीका लागि एचडीपीई पाइप हस्तान्तरण गरिएको हो।
उक्त स्वास्थ्य चौकीले वडा नं. १ र २ का करिब ४ हजार ३०० भन्दा बढी स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। साथै, त्यहाँ सञ्चालन भइरहेको २४ घण्टे प्रसूति सेवा केन्द्रले गर्भवती तथा सुत्केरी महिलालाई सहज र गुणस्तरीय सेवा दिँदै आएको छ।
बैंकले दिएको सहयोगले स्वास्थ्य चौकीको सेवा प्रवाह अझ प्रभावकारी हुने तथा मातृ–शिशु स्वास्थ्य सेवासहित समग्र स्वास्थ्य सेवामा सुधार आउने अपेक्षा गरिएको छ।
यस अवसरमा बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, आर्थिक तथा सामाजिक क्षेत्रमा केन्द्रित भएर विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवा विस्तार गर्दै मोबाइल बैंकिङमार्फत शेयर आवेदन, सीआरएन सेवा, क्रस–बैंक टेलर सेवा लगायतका सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ।











प्रतिक्रिया