कीर्तिपुरका विद्यार्थीलाई ग्यास अभाव हुन नदिन मन्त्रीको निर्देशन


काठमाडौँ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले टेकुस्थित ग्यास वितरण डिपोको अनुगमन गर्दै कीर्तिपुर क्षेत्रमा बस्ने विद्यार्थीलाई लक्षित गरी ग्यास वितरण गर्न निर्देशन दिएकी छिन्।

शनिबार डिपो अनुगमनका क्रममा मन्त्री यादवले कीर्तिपुर शैक्षिक केन्द्र भएकाले ठूलो संख्यामा विद्यार्थी डेरा गरी बस्ने भन्दै उनीहरूलाई ग्यासको अभाव हुन नदिन सबै ग्यास वितरक कम्पनीलाई सचेत गराइन्।

उपभोक्ताको गुनासो तथा बजारको अवस्था बुझ्न मन्त्री यादव आफैँ डिपो पुगेको उनको सचिवालयले जनाएको छ।