देवधारको दहमा डुबेर एक बालिकाको मृत्यु

376
Shares

उदयपुर ।

 उदयपुरको चोदण्डीगढी नगरपालिकामा बुधवार अत्यधिक गर्मीका कारण खोलाको दहमा पौडी खेल्न गएकी एक बालिकाको दिउँसो सवा चारबजेतिर डुबेर ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार चौदण्डीगढी नगरपालिका वडा नं ९ देवधार गाउँमा बस्ने बुधन सददा मुशहरको १४ वर्षकी छोरी आयुषा सदा गर्मीका कारण नजिकैको देवधार खोलाको पानी जमेको दहमा पौडी खेल्न गएकी थिइन । पौडी खेल्ने क्रममा दहमा डुबेर बेपता भएकी थिइन । 

आयुषा पौडी खेल्ने क्रममा दहमा डुबेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेको र स्थानीय मानिससहित प्रहरीको टोलीले खोज तलास गर्दा साँझ सवा सात बजेतिर सोही दहमा तैरिएको अवस्थामा मृत अवस्थामा फेला पारेको र सो घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।