काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न जिल्लाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक कार्यालय सामग्री हस्तान्तरण गरेको छ।
समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउने उद्देश्यले बैंकले जिल्ला प्रहरी कार्यालय घोराही (दाङ), जिल्ला प्रहरी कार्यालय धादिङ, बाँकेको साईगाउँ प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालय काँकरभिट्टा (झापा) लाई कम्प्युटर, फर्निचर तथा अन्य कार्यालय सामग्री सहयोग गरेको जनाएको छ।
त्यसैगरी, बैंकले बर्दियाको गुलरिया स्थित ट्राफिक प्रहरी कार्यालयलाई रोड डिभाइडर तथा सचेतनामूलक बोर्डसमेत उपलब्ध गराएको छ।

बैंकका अनुसार उक्त सहयोगले प्रहरी कार्यालयहरूको प्रशासनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मुक्तिनाथ विकास बैंकले स्थानीय आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर सामाजिक विकास, सुशासन तथा सार्वजनिक संस्थाहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्याउँदै आएको जनाएको छ।

बैंकले आगामी दिनमा पनि समाजको दिगो विकास तथा स्थानीय समुदायको सशक्तीकरणका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।











प्रतिक्रिया