७ हजारमा एलपी ग्यास बेच्ने आरोपमा भक्तपुरमा एक पक्राउ


काठमाडौं ।

खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोट बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्।

प्रहरीका अनुसार उनले उपभोक्तालाई प्रतिसिलिण्डर ७ हजार रुपैयाँमा ग्यास बिक्री गर्ने गरेको सूचना पाएपछि चेकजाँच तथा अनुगमन गरिएको थियो। सो क्रममा प्रहरीले ३ थान एलपी ग्यास सिलिण्डर नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।