नेपाल एसबिआई बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक


काठमाडौं ।

नेपाल एसबिआई बैंक लिमिटेडले असार १ गतेदेखि लागू हुने गरी निक्षेप तथा कर्जातर्फका नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले बजारको वर्तमान अवस्था र वित्तीय क्षेत्रको आवश्यकतालाई ध्यानमा राख्दै ब्याजदर परिमार्जन गरिएको जनाएको छ।

बैंकका अनुसार नयाँ ब्याजदर लागू भएसँगै ग्राहकहरूले बचत खाता, मुद्दती निक्षेप तथा विभिन्न कर्जा सुविधाहरूमा अद्यावधिक ब्याजदरको लाभ लिन सक्नेछन्। बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार निक्षेप तथा कर्जा सम्बन्धी सेवा तथा सुविधाहरू सञ्चालन गरिने जनाएको छ।

नयाँ ब्याजदर सम्बन्धी विस्तृत जानकारीका लागि ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, मोबाइल बैंकिङ सेवा तथा नजिकको शाखा कार्यालयमार्फत जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि देशभर बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

बैंकले ग्राहककेन्द्रित सेवा विस्तार र आधुनिक बैंकिङ सुविधामार्फत वित्तीय पहुँच बढाउने रणनीतिअनुसार आफ्नो सेवा प्रवाहलाई निरन्तर सुदृढ बनाउँदै लगेको जनाएको छ।