नेपालमा स्वच्छ हावा परियोजना (एनक्याप) कार्यान्वयनको तयारी


काठमाडौँ ।

काठमाडौँमा वायु प्रदूषण नियन्त्रण र स्वच्छ वातावरण प्रवर्द्धनका लागि सरकारले ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (एनक्याप)’ कार्यान्वयनको तयारी गरेको छ। करिब ८ अर्ब ७१ करोड रुपैयाँ बराबरको यो परियोजना आगामी आर्थिक वर्ष २०८३/८४ देखि सुरु हुनेछ।

विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा सञ्चालन हुने यो परियोजनाले उद्योगहरूलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्ने, वायु गुणस्तर मापन प्रणाली विस्तार गर्ने तथा प्रदूषण निगरानी क्षमता बढाउने लक्ष्य राखेको छ। परियोजनाबाट औद्योगिक उत्सर्जन घट्ने, हरित रोजगारी सिर्जना हुने र जनस्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ।