काठमाडौं ।
नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर सम्बन्धी छलफलका क्रममा सांसदहरूप्रति आक्रोशपूर्ण र अभद्र भाषा प्रयोग गरेको आरोप लगाएका छन्। शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै ठगुन्नाले अर्थमन्त्रीले “व्यक्तिगत रिसइबीको ढंगले” प्रस्तुत भएको र “अमर्यादित तथा धम्कीपूर्ण भाषा” प्रयोग गरेको दाबी गरे।
यसअघि आर्थिक विधेयकमा करका दर हेरफेर र सूचना चुहावटको विषयमा प्रतिनिधिसभा र लेखा समितिमा छलफल भएको थियो। सोही क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई असहज हुने गरी प्रतिक्रिया दिएको ठगुन्नाको आरोप छ।
सांसद ठगुन्नाले करका दर हेरफेरको विषयमा पान्ना हेरफेरसहित संसदीय छानबिन गर्नुपर्ने माग पनि गरेका छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले पनि अर्थमन्त्रीले सांसदहरूलाई हेप्ने शैलीमा बोलेको भन्दै आपत्ति जनाएका छन्।











प्रतिक्रिया