काठमाडौं ।
प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा आर्थिक विधेयकसम्बन्धी कर दर हेरफेर र सूचनाको चुहावटबारे छलफलका क्रममा राजनीतिक विवाद चर्किएको छ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ले अर्थमन्त्री स्वर्णिम वाग्ले ले सांसदहरूलाई हेप्ने र धम्कीपूर्ण शैलीमा अभिव्यक्ति दिएको आरोप लगाएका छन्।
पुनका अनुसार छलफलका क्रममा अर्थमन्त्री वाग्लेले विगतका सरकारहरूले धेरै कर दर हेरफेर गरेको तर आफूले सीमित मात्रामा मात्र गरेको जस्तो गरी प्रस्तुत भएको भन्दै आपत्ति जनाइएको हो।
उनले संसदीय समितिको मर्यादा उल्लंघन हुने अभिव्यक्ति आएको दाबी गर्दै सभापतिबाट रुलिङ गर्नुपर्ने माग राखेका छन्। समितिका सभापति भरत बहादुर खड्का ले भने विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।











प्रतिक्रिया