लक्ष्मी इन्टरकन्टिनेन्टललाई हुन्डाईको प्रतिष्ठित आईएमईए सेवा प्रदर्शन पुरस्कार


काठमाडौँ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित ‘इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका (IMEA) सर्भिस पर्फर्मेन्स अवार्ड’ प्राप्त गरेको छ।

कम्पनीलाई गाडी बिक्रीपछिको उत्कृष्ट सेवा (आफ्टर-सेल्स सर्भिस) र उच्च ग्राहक सन्तुष्टिका आधारमा उक्त अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो।

हुन्डाईले बिक्रीपछिको सेवा र ग्राहक अनुभवलाई विशेष प्राथमिकता दिँदै आएको छ। सोही मापदण्डअनुसार लक्ष्मी इन्टरकन्टिनेन्टलले सेवा केन्द्र विस्तार, कर्मचारी क्षमता अभिवृद्धि र आधुनिक पूर्वाधार विकासमा निरन्तर लगानी गर्दै आएको जनाइएको छ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालस्थित कम्पनीले यस्तो प्रतिष्ठित अवार्ड प्राप्त गर्नु देशकै लागि गौरवको विषय भएको बताइएको छ। कम्पनीले बिक्रीपछिको सेवालाई दीर्घकालीन प्रतिबद्धता मानेर ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै आएको छ।

यस अवसरमा कम्पनीले आफ्ना ग्राहक, कर्मचारी र साझेदारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।