बादलको असंसदीय अभिव्यक्ति संसद् रेकर्डबाट हटाइयो


काठमाडौं ।

प्रतिनिधिसभामा नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ले दिएको अभिव्यक्तिलाई असंसदीय ठहर गर्दै संसद् रेकर्डबाट हटाइएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली विपरीत बोलेका शब्द हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा थापाले रास्वपा, जेनजी आन्दोलन र नेपाली सेनाबारे टिप्पणी गरेका थिए । उनले रास्वपालाई ‘अराजक भीड’ भनेपछि रास्वपा सांसदहरूले आपत्ति जनाउँदै अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका थिए ।

बुधबारको बैठकमा पनि उक्त माग दोहोरिएपछि सभामुखले नियमावलीअनुसार असंसदीय शब्द हटाउन रूलिङ गरेका हुन् ।