काठमाडौं ।
प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएपछि आजको बैठकमा विरोध भएको छ ।
सभामुख डिपी अर्याल ले अर्थमन्त्री स्वर्णिम वाग्ले लाई उठेका प्रश्नको जवाफ दिन समय दिएपछि कांग्रेस, एमाले, राप्रपा लगायत दलका सांसदहरूले आपत्ति जनाएका थिए । सांसदहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर छलफल सुन्नुपर्ने बताएका छन् ।
कांग्रेसका अर्जुननरसिंह केसीले नियमअनुसार प्रधानमन्त्रीले तोकेको मन्त्रीले प्रारम्भिक जवाफ दिन मिल्ने भए पनि अन्तिम जवाफका लागि प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताए । प्रधानमन्त्री अनुपस्थित रहे छलफल बहिष्कार गर्न सकिने चेतावनी समेत उनले दिए ।











प्रतिक्रिया