संसद्मा प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीको नाराबाजी


काठमाडौं ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसद्मा विपक्षी दलका सांसदहरूले नाराबाजी गरेका छन् । प्रधानमन्त्री बालेन शाह उपस्थित नभएको भन्दै विपक्षी सांसदहरूले संसद्मा विरोध जनाएका हुन् ।

प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षी सांसदहरू आक्रोशित बनेका थिए । विरोध जारी रहेपछि सभामुखले विपक्षी दलका सांसदहरूलाई धारणा राख्ने समय दिएका छन् ।

यसैबीच, प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद् हलबाट बाहिरिएका छन् ।