काठमाडौँ ।
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संसद् सचिवालयका अनुसार बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै, सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावमाथि पनि छलफल हुने कार्यसूची रहेको छ ।
छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीन्त्रीले आजै दिनेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।











प्रतिक्रिया