उदयपुर ।
उदयपुरबाट २०८२ मा एसईई दिएका विद्यार्थीहरु मध्येमा संस्थागत विद्यालय प्याराडाइज अंग्रेजी बोर्डिङ सकुल र क्यानभास एकेडेमी,लाली गुँरास बोर्डिङ स्कुल र उदयपसर सिमेन्ट कारखानास्थित उदयसी बोर्डिङ स्कुलका विद्यार्थले ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याएको छ ।,
प्याराडाइजका ४ विद्यार्थीले ल्याए र क्यानभासका ३ विद्यार्थीले, लाली गुँरासले १ र उदयपसी स्कुलका १ जनाले ४ जिपीए ल्याएर जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
प्याराडाइज विद्यालयका प्रिन्सिपल बाबुराम आचार्य का अनुसार अनुपम थापा, सम्पन्न थापा, तीर्थराज घिमिरे र साक्षी दियालीले ४ जिपीए प्राप्त गरेका हुन् ।
त्यसैगरी दिवस तामाङ, आर्युस पोखरेल, उसन कार्की, रोदन आचार्य र प्रष्मा ढुंगानाले ३.९१ देखि ३.९६ सम्म जिपीए हासिल गर्दै उत्कृष्ट नतिजा ल्याएका छन् ।
विद्यालयका अनुसार ३.६० देखि ४ जिपीएसम्म ३५ जना, ३.२० देखि ३.६० सम्म ३६ जना, २.८० देखि ३.२० सम्म १७ जना तथा २.४० देखि २.८० सम्म ४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसैबीच क्यानभास स्कुल बाट ३ जना विद्यार्थीले ४ जिपीए प्राप्त गरेका छन् भने लालिगुराँस स्कुल र उदयसी स्कुल बाट एक–एक जना विद्यार्थीले ४ जिपीए ल्याउन सफल भएका छन् ।
त्यस्तै उदयपुरकै अर्को शैक्षिक संस्था सगरमाथा मोडेल स्कुल ले एसईई परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण गराउँदै शतप्रतिशत नतिजा हासिल गरेको जनाएको छ ।
त्यसैगरी एसईई परीक्षा २०८२ मा उदयपुर जिल्लाबाट सहभागी विद्यार्थीमध्ये ६५.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई उदयपुर का प्रमुख भवानी कट्टेल का अनुसार जिल्लाबाट कुल ५ हजार ३ सय १९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ३ हजार ४ सय ७४ जना उत्तीर्ण भएका हुन् ।
साधारणतर्फ ५ हजार १ सय ४१ जना विद्यार्थीले परीक्षा दिएकामा ३ हजार ३ सय १ जना मात्र उत्तीर्ण हुन सफल भएका छन् । यस्तै प्राविधिक धारतर्फ १ सय ७८ जना विद्यार्थी सहभागी भएकामा ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस वर्षको एसईई परीक्षामा पनि उदयपुरका संस्थागत विद्यालयहरुले उत्कृष्ट नतिजा हासिल गरेका छन् । जिल्लाका विभिन्न निजी विद्यालयबाट विद्यार्थीहरुले उच्च जिपीए ल्याउन सफल भए पनि सामुदायिक विद्यालयतर्फ भने कुनै पनि विद्यालयबाट ४ जिपीए प्राप्त हुन नसकेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।











प्रतिक्रिया