सप्तकोशी क्षेत्रमा फस्टाउँदो पर्यटन व्यवसाय

752
Shares

उदयपुर । उदयपुर र सुनसरी जिल्लाको सीमा भएर बग्ने सप्तकोशी नदीकिनाराको उदयपुरको क्षेत्रमा पर्यटन व्यवसाय फस्टाउँदै गएको छ । अत्यन्त रमणीय क्षेत्र रहेकोले यस क्षेत्रमा होटल, रिसोर्ट तथा चार वर्षअघि सञ्चालनमा आएको जल पर्यटन व्यवसाय अहिले फस्टाउँदै गएको छ ।

यस व्यवसायले आर्थिक रुपले उदयपुर जिल्लाको बेलका नगरपालिका, सुनसरीको बराहक्षेत्र नगरपालिकालाई बढी फाइदा भएको छ भने यातायातको अभावलाई समाधान गर्न जेटबोट सानो पानी जहाज कोशी पुल बराहक्षेत्रदेखि भोजपुरसम्म सञ्चालनमा आएपछि सहजता भएको छ ।

सप्तकोशी नदीमा जेटबोट चढेर यात्रा गर्न, प्लास्टिक बोटमा तथा ¥याफ्टिङमा यात्रा गरी रमाउनका लागि अहिले भारतको विहार तथा नेपालको उदयपुर, सुनसरी, धनकुटा, भोजपुर, मोरङ, झापादेखिका मानिसहरु आउने गरेका छन् ।

उदयपुरको बेलका नगरपालिकाको सहयोगमा वडा नं. ८ मा रहेका होटल व्यवसायीहरुको सहभागितामा भएको पर्यटन प्रवद्र्धन कार्यक्रमका बारेमा कोशी पुलस्थित अन्डरहिल होटलका सञ्चालक राज वान्तवाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डको व्यवस्थापन तथा सहयोगमा स्थानीय होटल व्यवसायीहरुको लगानीमा केही समयअघि प्रथम बेलका पर्यटन महोत्सव आयोजना गर्दा सुनखानीबाट शुरु भएको र यसमा प्याराग्लाइडिङ, बोटिङ ¥याफ्टिङ, साइक्लिङलगायतका साहसिक खेलहरु पनि समावेश भएको बताए ।

बेलका न.पा. ८ मा रहेको बेलका बिच रिसोर्टका सञ्चालक रमण भट्टराईका अनुसार पर्यटन महोत्सवको समापनमा होटलमा आउने ग्राहकहरुलाई २५ प्रतिशत छुट दिएको थियो । जलको प्रयोगमा बोटिङ, ¥याफ्टिङ गराएको, आकाशमा चम्पाकोट डाँडादेखि १० प्याराग्लाइडिङ गराएको, कोशी पुलदेखि बेलकाको कोशी क्षेत्रमा बोट आउँँदै गरेको, प्याराग्लाडिङ भइरहेको, साइक्लिनिङ हुँदै गरेको, पुष्पवृष्टि भइरहेको दृश्यहरु देखाएको, विभिन्न नाच– थारु नाच, साकेला नाचहरुसमेत देखाएको उनले बताए ।

उनले विश्वका विभिन्न ठाउँको झल्को दिने खालको पर्यटकीय क्षेत्र कोशीकिनारामा रहेको जानकारी दिए । नेपालका अन्य ठाउँमा रहेका पर्यटकीय स्थलहरुभन्दा यहाँका पर्यटकीय स्थलहरु रमणीय रहेको उनको भनाइ छ । सबै खाले पर्यटन तथा साहसिक खेल खेल्न सकिने अनगिन्ती ठाउँहरु यहाँ रहेको उनले बताए ।

यसै गरी ग्रीन राइजिङ मल्टी पर्पोज एड्भेन्चर प्रा.लि.का सञ्चालक इटहरी २० का सुरेश बस्नेतले कोशी प्रदेशमा जम्मा दुईवटा एड्भेन्चर कम्पनी रहेको जानकारी दिँदै कोशी प्रदेशका नदीहरु– तमोर, सप्तकोशी, सुनकोशी तथा भोटेकोशी, अरुणबाट कोशी पुलसम्म ¥याफ्टिङ गर्ने गरेको तर गाइडको कमी रहेको बताए ।

बस्नेतले नेपालीहरुलाई ¥याफ्टिङ गर्दा लडेर मरिन्छ भन्ने डर हुने गरेको तर त्यस्तो डर मान्नु नपर्ने बताए । उनका अनुसार नेपालीहरु धेरै साहसी हुन्छन्, रिस्क हुँदैन । आवश्यक सबै प्रकारका इक्विपमेन्टहरुको तयारी गरिएको हुन्छ । यदि लडियो भने के गर्ने, कसरी उद्धार गर्ने ? भन्ने सबै तयारीका साथमा ¥याफ्टिङ सञ्चालन गरिएको हुन्छ ।

विदेशीहरुका लागि एक दिनको प्याकेजको १ सय ५० डलर लिने गरेको र नेपालीहरुका लागि ३ हजार ५ सयदेखि ४ हजार रुपियाँसम्म प्याकेजका आधारमा दिनको हिसाबले शुल्क लिने गरेको जानकारी दिँदै उनले आफ्नै गाडीमा सवार गराएर खाना, नास्ता, चिया पनि दिने गरेको बताए ।