नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जवाफ दिने


काठमाडौं ।

सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भएका छन् । प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा जवाफ दिने कार्यक्रम तय भएको हो ।

यसअघि संसद सचिवालयले प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो । तर, प्रधानमन्त्रीले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले सरकारको तर्फबाट धारणा राख्ने भएका हुन् ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसदमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्ने, उठेका प्रश्नको जवाफ दिने, सांसदहरूले दर्ता गराएका संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने तथा पारित गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ ।

यसअघि हिजोको बैठकमा विभिन्न दलका नेताहरूले आफ्नो धारणा राखेका थिए ।