शिक्षा समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित


काठमाडौँ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन् ।

शुक्रबार सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार गुरु बराललाई पराजित गर्दै शेरचन निर्वाचित भएकी हुन् । बराललाई कांग्रेस र नेकपाको समर्थन रहे पनि आवश्यक मत नजुटेपछि उनी पराजित भएका छन् ।

बैठक ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा बसेको थियो।