सुन तोलामा १३०० र चाँदी ४५ रुपैयाँले बढ्यो


काठमाडौं ।

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले बढेको हो।

मूल्यवृद्धिसँगै आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य प्रतितोला ३ हजार ८५५ रुपैयाँ कायम भएको छ।

आइतबार सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ र चाँदी ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।