कोप-३१ को उच्चस्तरीय पूर्ण बैठकमा परराष्ट्रमन्त्री खनाल सहभागी


काठमाडौ ।

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा साेमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) को पूर्ण बैठकको उद्घाटन सत्रमा सहभागिता जनाउनुभएको छ।

नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ।
सम्मेलनका क्रममा तुर्कीएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले कोप-३१ को अध्यक्षता ग्रहण गर्नुभएको छ भने अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनले सम्मेलनको `नेगाेसिएसन´ प्रक्रियाको अध्यक्षता ग्रहण गर्नुभएको छ।

परराष्ट्रमन्त्री खनालले सम्मेलनको पूर्ण बैठकलाई केही समयपछि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।