काठमाडौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरूलाई कुनै पनि हालतमा माफ गर्न नसक्ने बताएका छन्। ईश्वरको न्यायको सामना गर्नुपरे पनि शत्रुहरूलाई क्षमा नगर्ने उनको अभिव्यक्तिले अमेरिकी राजनीतिमा चर्चा चुलिएको छ।
सिबिएस न्युजको चर्चित कार्यक्रम ‘६० मिनेट’ मा पत्रकार रस डुथाटसँगको अन्तर्वार्तामा ट्रम्पले यस्तो बताएका हुन्।
अन्तर्वार्ताका क्रममा पत्रकारले स्वर्ग प्रवेश गर्नका लागि जेम्स कोमी, न्यान्सी पेलोसीलगायत राजनीतिक विरोधीहरूलाई माया र क्षमा गर्नुपर्ने सर्त राखिए के गर्नुहुन्छ भनी प्रश्न गरेका थिए।
जवाफमा ट्रम्पले आफूले उनीहरूलाई माफ गर्न नसक्ने बताए। उनले आफ्ना विरोधीहरूलाई खराब र बेइमान व्यक्तिको संज्ञा दिँदै आफूविरुद्ध सरकारी संयन्त्रको दुरुपयोग, अभियोग र महाभियोगजस्ता गतिविधि भएको आरोप लगाए।
‘ईश्वरको न्यायको अगाडि उभिनुपरे पनि म उनीहरूलाई माफ गर्न सक्दिनँ,’ ट्रम्पले भने।
उनको उक्त अभिव्यक्तिले राजनीतिक नेतृत्वमा क्षमाभाव, धार्मिक मूल्य र व्यक्तिगत प्रतिशोधको विषयलाई पुनः बहसमा ल्याएको छ।











प्रतिक्रिया