कालिकोट ।
दैलेखमा जिप दुर्घटना परि घाइते भएकाहरु मध्य दुइ जनाको मृत्यु भएको छ । जिल्लाको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा भएको सो दुर्घटनामा दुइजना जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कालिकोट जिल्ला सन्नित्रिवेणी गाउँपालिका ६ निवासी ४१ वर्षीय रने साकी सोही ठाउँका २२ वाषर््ीय चालक योगेश सिम्खडा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक ऋसिकेश गौतम हरिजनले जानकारी गराएका छन् । उहाँका अनुसार दुबेैजानको सोमबार उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेततर्फ लैजाँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–७ बस्ने वर्ष सोही ठाउँ बस्ने १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिम्खडा, सोही गाउँपालिका वडा नं. ६ बस्ने जादुकाल सार्की, सोही वडाका कैसी सार्की (बिरामी) पनि घाइते भएका छन् ।
सबै घाइतेलाई तत्कालै उद्धार गरी सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया