काठमाडौं ।
सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड नौ घण्टापछि खुलेको छ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा बिहान सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार सवा दुई बजेदेखि सडकमा दुईतर्फी सवारी सञ्चालनमा आएको छ।
सडक खुलेसँगै बिहानदेखि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।











प्रतिक्रिया