रुसको युक्रेनमा भीषण हवाई हमला, ५५० ड्रोन प्रहार


काठमाडौंं ।

रुसले युक्रेनमा हालसम्मकै ठूलो हवाई हमला गर्दै ५५० वटा ड्रोन र ११ वटा मिसाइल प्रहार गरेको छ। युक्रेनी वायु सेनाका अनुसार ४७६ ड्रोनहरू हवाई प्रतिरक्षा प्रणालीले खसालिएको छ।

आक्रमण सुमी, खार्किभ, चेर्निहिभ र राजधानी किभमा केन्द्रित थियो। अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीचको फोनवार्तापछि आक्रमण भएको हो।

ट्रम्पको युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ड्रोन आक्रमण तीव्र भएको बताइएको छ। यसैबीच, युक्रेनले पनि रुसमा ड्रोन आक्रमण गरेको र रुसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभको ज्यान गएको छ।