किभमा रुसको ड्रोन आक्रमण, शहरमा धुवाँको मुस्लो


काठमाडौँ ।

युक्रेनको राजधानी किभमा शुक्रबार बिहान रूसी ड्रोन आक्रमणपछि शहर धुवाँले ढाकिएको छ। युक्रेनी अधिकारीहरूका अनुसार, रातभर रुसले ५५० ड्रोन आक्रमण र ११ वटा मिसाइल प्रहार गरेकोछ।

युक्रेनले अँध्यारो पर्ने बित्तिकै वायु रक्षा प्रणाली, ड्रोन र ठूला विस्फोटहरूको आवाज गुन्जिन थालेको जनाएको छ। यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन वार्ताको केही घण्टापछि भएको हो।

वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिन युक्रेन विरुद्धको युद्ध अन्त्य गर्न तयार नभएको भन्दै निराशा व्यक्त गरेका थिए। बिहीबार पुटिनसँगको कुराकानीपछि ट्रम्पले युद्ध अन्त्यको दिशामा “कुनै प्रगति नभएको” बताएका छन्।

यसैबीच, युक्रेनी ड्रोन आक्रमणमा रूसमा एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। बीबीसी