हाइ स्कुल अर्थात् उच्च माध्यमिक विद्यालय छनोट गर्नु विद्यार्थीको शैक्षिक यात्रा र भविष्यका अवसरहरूलाई आकार दिने महत्वपूर्ण निर्णय हो। चाहे विद्यार्थीको अन्तिम लक्ष्य कलेज, प्राविधिक तालिम वा कुनै अन्य मार्ग किन नहोस्, विद्यालयको वातावरणले विद्यार्थीको आधार तय गर्छ।
अभिभावकले आफ्ना बच्चाका लागि उच्च माध्यमिक विद्यालय छान्दा केवल प्रतिष्ठाको पछि लाग्ने होइन, तपाईंको बच्चा जहा“ सफल र सन्तुष्ट हुन्छ त्यस्तो वातावरण छान्नुपर्छ। शिक्षादेखि लिएर सुरक्षा, विविधता, र संस्कृतिसम्म सबै पक्ष मिलेर ठूलो निर्णय बनाउछ।
समय लगाएर अनुसन्धान गर्नुहोस् ,विद्यालय भ्रमण गर्नुहोस् र प्रश्न सोध्नुहोस्। सही विद्यालयले तपाईंको बच्चालाई केवल शिक्षामा मात्र होइन, व्यक्तिगत विकास र भविष्यका लक्ष्यमा पनि साथ दिन्छ। विद्यालयको छनोट केवल नामको कुरा होइन, यो त्यस्तो स्थान खोज्ने कुरा हो जहा तपाईंको बच्चा शैक्षिक, सामाजिक र व्यक्तिगत हिसाबले फस्टाउन सकोस्। परिवारको विद्यालय छान्ने क्षमता भौगोलिक स्थान, जिल्ला नियम, र आर्थिक अवस्था अनुसार फरक पर्न सक्छ।
अमेरिका, युरोप लगायत विकसित राष्ट्रहरूमा हाइ स्कुल छान्ने विश्वव्यापी मान्यता स्थान अनुसार फरक फरक हुने गरेको छ। निजी विद्यालय, बोर्डिङ, जिल्ला बाहिरको सार्वजनिक विद्यालय वा चार्टर विकल्प खोज्दै हुनुहुन्छ भने विज्ञहरूले सिफारिस गर्ने यी कुराहरूलाई ध्यान दिनुपर्छ।
शैक्षिक कार्यक्रम
विद्यालय छनोटको निर्णय लि“दा सबैभन्दा पहिलो विचार गर्नुपर्ने कुरा यसको शैक्षिक कार्यक्रमहरू हुन्। स्कुलले एपी, आईबी, डुआल इनरोलमेन्ट जस्ता शैक्षिक कार्यक्रमहरू गर्छ कि गर्दैन जाच गरिन्छ। बच्चालाई कुनै निश्चित विषयमा रुचि छ भने ती क्षेत्रहरूमा बलियो कार्यक्रम वा अतिरिक्त क्रियाकलाप भएका विद्यालय रोजिन्छ।
शिक्षा शुल्क र आर्थिक सहायता
शिक्षाको लागत धेरै फरक हुन सक्छ। सार्वजनिक विद्यालय प्रायः निःशुल्क हुन्छन्। तर निजी विद्यालयको शुल्क मह“गो हुन सक्छ। कतिपय विद्यालयहरूले योग्य विधार्थीहरूलाई छात्रवृत्ति वा आर्थिक सहायता दिन्छन्। यद्यपि विदेशमा पनि सार्वजनिक विद्यालयले कहिलेकाही निजी विद्यालयभन्दा राम्रो नतिजा ल्याउ“छन्।
अतिरिक्त क्रियाकलाप
विद्यालय केवल पढाइको लागि मात्र होइन। क्लब, खेलकुद, संगीत वा अन्य गतिविधिहरूले विद्यार्थीको अनुभव निखार्न सहयोगी बनाउ“छन् र पछि कलेज भर्नामा समेत यसले प्रभाव पार्छ। विद्यार्थीको कुनै विशेष रुचि छ भने सो क्लब स्कुलमा छ कि छैन हेर्ने गरिन्छ वा उनीहरूलाई नया“ क्लब शुरू गर्न समर्थन मिल्ने हो कि होइन भनेर जा“चिन्छ।
स्थान र यातायात
विद्यालयको दूरीले विद्यार्थीको समय र संलग्नता प्रभावित गर्छ। लामो यात्रा वा असुविधाजनक यातायातले अध्ययन समय घटाउ“छ। टाढाको विद्यालयले विद्यार्थीलाई गतिविधिमा भाग लिनबाट रोक्न सक्छ।
विविधता र समावेशिता
विविध पृष्ठभूमिको विद्यार्थीहरूस“ग पढ्दा सामाजिक र शैक्षिक रूपमा सकारात्मक असर पर्छ। जातीय, आर्थिक र सांस्कृतिक विविधतासगै समावेशी शिक्षा प्रणाली भएको विद्यालय रोज्नु बुद्धिमानी हुन्छ। सन् २०१६ को एक रिपोर्ट अनुसार, विविधता भएका स्कुलहरूमा विद्यार्थीहरूको सामाजिक र शैक्षिक प्रगति राम्रो हुने गरेको पाइएको थियो।
विद्यालयको आकार र सिकाइ वातावरण
साना स्कुलहरूमा भन्दा ठूला स्कुलहरूमा बढी विकल्प हुन्छन्। विद्यार्थी र शिक्षकको अनुपात हेर्नुहोस्। कुन वातावरण विद्यार्थीको लागि उपयुक्त हो विचार गर्नुपर्छ।
विशेष आवश्यकता
शारीरिक वा सिकाइ सम्बन्धी चुनौती भएका विद्यार्थीहरूका लागि उपयुक्त सेवा दिने विद्यालय आवश्यक हुन्छ। सार्वजनिक विद्यालयहरूलाई आईडीईए अन्तर्गत सेवा दिन कानुनी रूपमा बाध्य गरिन्छ। केही निजी विद्यालयले पनि विशेष आवश्यकताको विद्यार्थीलाई सेवा दिन विशेषज्ञता भएकाहरूलाई राखेका हुन्छन्।
विद्यालयको संस्कृति र मेल
प्रत्येक विद्यालयको आ–आफ्नो संस्कृति हुन्छ। केहीले प्रतिस्पर्धा र उपलब्धिलाई प्राथमिकता दिन्छन् भने केहीले सहयोग, समुदाय वा धार्मिक मूल्यहरूलाई प्राथमिकता दिन्छन्। विद्यालय भ्रमण गरेर मात्र वास्तविक मेल थाहा हुन्छ।
उत्तीर्णता र कलेजको नतिजा
विद्यार्थीहरूको कलेज भर्ना दर, एसएटी÷एसीटी स्कोर र एपी स्कोरजस्ता तथ्यांकहरूले विद्यालयको शैक्षिक स्तर जनाउ“छ। विद्यालयले पूर्वविद्यार्थीहरू कुन कलेजमा भर्ना भए भनेर सूची दिने पनि गर्छ। परिवारले अपेक्षा गरेका अवसरहरू दिनसक्ने विद्यालय हो कि होइन थाहा पाउन यस्ता तथ्यांकहरू उपयोगी हुन्छन्।
सुरक्षा र संरक्षण
विद्यालयको सुरक्षा आजकल अभिभावकहरूको ठूलो चिन्ता हो। साइबर बुलिङ र विद्यालयमा हिंसा बढेको तथ्यांकहरूले सचेत बनाउ“छन्। शारीरिक, मानसिक र डिजिटल सुरक्षा विद्यालयले कसरी सुनिश्चित गर्छ भनेर थाहा पाउन हिचकिचाउनु हु“दैन।
प्रविधिको प्रयोग
आजको शिक्षा प्रणालीमा प्रविधिको भूमिका ठूलो छ। विद्यालयले कुन डिजिटल उपकरणहरू प्रयोग गर्छ, तिनीहरू कक्षामा कसरी समावेश गरिन्छ भनेर हेर्नुपर्छ। चलन चल्तीका एप्लिकेसनहरू र उपकरणहरू प्रयोग गरिन्छ कि रोकिएको छ भनेर बुझ्नुपर्छ। विद्यालयले विद्यार्थीलाई भविष्यका लागि प्रविधि प्रयोग गर्ने क्षमता दिइरहेको छ कि छैन भनेर पनि बुझ्न जरुरी छ।
प्रतिक्रिया