एआईजी गीतकार तामाङको एकल साँझ शनिबार


गीतकार संघ नेपालको आयोजनामा एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) गीतकार टेक तामाङको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ।
आगामी शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने एकल साँझलाई गीतकार टेक तामाङ सांगीतिक साँझ २०८ नाम दिइएको छ। उनका सयौं गीत रेकर्ड भएका छन्। एकल साँझमा तामाङद्वारा रचित १७ नयाँ र पुराना लोकप्रिय गीत विभिन्न गायक गायिकाले प्रस्तुत गर्नेछन्। उनका नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरूको पनि, आफ्नै धड्कन, मन पर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अ“गालोमा बेरिरहुँ, जन्मिखेली, मै खुकुरी, माथि माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झै“ सैलुङलगायतका गीत गायकगायिकाले प्रस्तुत गर्नेछन्।

प्रत्यक्ष वाद्यवादनका साथ हुने सांगीतिक साँझ मा दीप श्रेष्ठ, किरण प्रधान, शिव परियार, राजेशपायल राई, अन्जु पन्त, सत्यराज आचार्य, संगीता राना प्रधान डेबिड शंकर, रुपक चौधरी, प्रदीपराज पाण्डे, कन्काइस्ट राई, सञ्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिनालगायतले उनका गीत प्रस्तुत गर्नेछन्।

२०५० सालमा छाल आउ“दा सम्झनाको बोलको पहिलो गीत ल्याएका तामाङका राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह माटोको आवाज, राष्ट्रिय भावधाराका गीतसंग्रह स्वदेश, आधुनिक गीतसंग्रह जीवनसाथी, आधुनिक गीतसंग्रह आमा र नाता, भजनसंग्रह भक्तिसागर, राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह नेपाल आमाजस्ता कृति सार्वजनिक भएका छन। तामाङ काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख छन्।

Skip This