केन्याद्वारा देशभरबाट जफत गरिएका अवैध हतियार नष्ट


काठमाडौं ।

केन्याका राष्ट्रपति विलियम रुटोले शुक्रबार २०२२ देखि २०२५ सम्म देशभरबाट जफत गरिएका ६ हजार अवैध हतियार नष्ट गरेको उल्लेख गरेका छन् ।

उनले अपराध विरुद्ध लड्न प्रयासहरूलाई तिब्र बनाउने प्रतिवद्धता जनाए । केन्याको राजधानी नैरोबीको बाहिरी इलाकामा रहेको प्रहरी प्रतिष्ठानमा हतियारहरू जलाइएको थियो ।

जसलाई रुटोले आतंकवाद, मानव बेचबिखन र शिकार लगायतका उदाउँदो सुरक्षा खतराहरूलाई सम्बोधन गर्ने प्रमुख कोशेढुङ्गाको रूपमा वर्णन गरे ।

नष्ट गरिएका अधिकांश हतियारहरू सरकारी आममाफी कार्यक्रम अन्तर्गत नागरिकहरूले स्वेच्छाले आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।