आगामी भदौ २७ गते देश र विदेशमा एकसाथ रिलिजमा आउने फिल्म अभिमन्यु : च्याप्टर–१ को पोस्टर सार्वजनिक गरेको छ।
धानबारीको फाँट र छेउमा केराको बगान प्रस्तुत तराइको सेटअपको पोस्टरमा एक युवकले सानी नानीलाई सरकारी स्कुलको पोसाकमा हातमा किताब र कपी च्याप्दै बोकेर लैजादै गरेको देखाइएको छ।
मधेसी समुदाय चित्रित थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्ष देखाएको छ। फिल्म पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्नेको संघर्षमा निर्माण भइरहेको छ।पोस्टप्रोडक्सनमा रहेको फिल्ममा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौलालगायतका कलाकारले अभिनय गरेका छन्।
सेभेन सिज सिनेमाको ब्यानरमा विनोद पौडेल र गुञ्जन गिरीद्वारा निर्माणाधीन फिल्ममा सुशान्त गौतमको डेब्यु निर्देशन रहेको छ। फिल्ममा बाटो : रोड टु डेथका निर्देशक मदन थापा क्रिएटिभ निर्देशक रहेका छन्।
रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता, विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुईंटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता तथा जीवन शाक्य लाइन प्रोड्युसर रहेको फिल्ममा मुकेश खनालको लेखन, शरद महतो छायांकन निर्देशक र मदन घिमिरे सम्पादक रहेका छन्।
प्रतिक्रिया