नेप्से निरन्तर ओरालो


काठमाडौं ।
केही दिनदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) लगातार घटिरहेको छ । वैशाख २५ गतेयता बजारमा गिरावट कायम छ । यसैक्रममा साताको पहिलो दिन आइतबार पनि २.७९ अंकले घटेर २६०९.०५ बिन्दुमा झरेको छ । आइतबार ८ अर्ब ५० करोड ९२ लाख रुपियाँमा १ करोड ६९ लाख ७ हजार कित्ता शेयर किनबेच भएको छ ।

आइतबारको कारोबारमा लघुवित्त, अन्य र होटल तथा पर्यटन उपसमूहमा मात्र सुधार देखिएको छ भने बाँकी सबै उपसमूह घटेका छन् । बजार घटे पनि यस दिन दुई कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावरको शेयरले सर्किट ब्रेक पाएको हो । यसैगरी, विन नेपाल लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी र बाराही हाइड्रोपावरको वृद्धि भएको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि छ । सो कम्पनीको ७० करोड ३७ लाख रुपियाँको कारोबार भएको थियो ।