मंगलबार सुनको मूल्य बढ्यो


काठमाडाैं ।

सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्यमा ५ सय रूपैयाँले सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । हिजो तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तर, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार हुनेछ ।


प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।