२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक


काठमाडाैं ।

विद्यालय शिक्षा विधेयकको माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दै शिक्षकहरू २७ दिनदेखि आन्दोलनमा छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका करिब २९ हजार सामुदायिक विद्यालयका अधिकांश शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।

माघ २० गतेदेखि आन्दोलन सुरू गरेका शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका छन्।यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा मन्त्री रघुजी पन्त, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतसँग शिक्षकका प्रतिनिधिहरूले भेटेर कुराकानी गरेका छन् तर समाधान निस्कन सकेको छैन।