पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ।

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप चार दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले अर्याललाई हिरासतमै राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई चार दिनको समय दिएको हो ।

भारतको राजधानी नयाँदिल्लीबाट पक्राउ परेका अर्याललाई सिलगुडीको बाटो हुँदै बिहीबार नेपाल ल्याइएको थियो । त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आवश्यक अनुसन्धानका लागि म्याद थप गर्न शुक्रबार उहाँलाई अदालतमा उपस्थित गराएको थियो ।

अर्यालमाथि ठगी र संगठित अपराधसम्बन्धी कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।