काठमाडौं ।
ट्राफिक प्रहरीले एक जना युवकलाई लखेटेर कुटपिट गरेको अर्को भिडिओ फेरी भाइरल भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो भिडिओबारे पनि खोजी थालेको छ।
ट्राफिक प्रहरीले एक जना युवकलाई लखेटेर कुटपिट गरेको भिडिओमा देख्न सकिन्छ। युवकले किन यस्तो गरेको भनेर प्रश्न गरेको देखिन्छ। ट्राफिक प्रहरीले भने किन भागेको भन्दै कुटपिट गरेको देखिन्छ। यो भिडिओ पनि कहाँको हो भनेर खोजिरहेको भइरहेकाे छ ।
प्रतिक्रिया