वैदेशिक रोजगार फर्केका लागि निःशुल्क ओपीडी क्लिनिक सुरु


काठमाडौं ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा वैदेशिक श्रमिक रोजगारीबाट फर्केकाहरुको लागि निःशुल्क ओ.पि.डि. क्लिनिक तथा २४ सै घन्टा अनलाइन परामर्श सेवाको सुरु गरिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदपि पौडेलबाट केन्द्रको १३ औं वार्षिक उत्सव समारोहको उपलक्ष्यमा आयोजित एक विशेष कार्यक्रमका बीच समुद्घाटन गरिएकाे हाे ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीले नेपाली दाजु भाई तथा दिदि वहिनीको स्वास्थ्य नेपालमा मात्र नभइ वैदेशिक रोजगार गएको अवस्थामा आप्mनो स्वास्थ्य सम्बन्धि सेवाको परार्मश सहज होस भन्नको लागि टोल फ्रि कल वा सोसियल मिडियाको प्रयोग गरि विदेशवाट समेत परार्मश लिन सक्ने व्यवस्था श्रम रोजगार मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सहकार्य हुने गरी सुरु गरेको हो ।

वैदेशीक रोजगारवाट व्यक्तिको स्वास्थ्य परीक्षण सुलभ र सहज रुपमा उपलब्ध गराउनको लागि छुट्टै निःशुल्क ओ पि. डि सञ्चालन भएको जानकारी गराए ।

वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु अंग फेल भई आउनेको संख्या बढी भएकोले आफूले सबै भन्दा बढी माया गर्ने आफ्नै शरिर बचाउनको लागि श्रम मन्त्रालयसँग सहकार्य गरी सेवा उपलब्ध गराउन लागिएको हुँदा विदेश जान लाग्नु भएका, वैदेशिक रोजगारमा रहेका र बैदेशिक रोजगारबाट फर्केकाहरुले यो सेवा लिई लाभान्वित हुन आह्वान गरे । उक्त कार्यको लागि मोबाइल नं ९७६३४९०९०० मा चौविसै घण्टा उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।