वान्ता गराउन खोज्दा पेटभित्र अड्कियो काँटा


काठमाडौ ।

न्युजिल्यान्डकी २७ वर्षीया एक महिलाले वान्ता गराउने प्रयास गर्दा डिनरमा खाना खान प्रयोग हुने पूरै काँटा निलेपछि चिकित्सकहरूले शल्यक्रिया गरेर निकाल्नुपरेको छ।

न्युजिल्यान्डको वाइकाटो अस्पताल मा उपचारका लागि पुगेकी ती महिलाको पेटको एक्सरे गर्दा धातुको पूरै काँटा पेटभित्र अड्किएको देखिएको थियो।

चिकित्सकका अनुसार महिलाले वान्ता गराउने प्रयास गर्दा काँटा अनायासै निलेकी थिइन्। अस्पतालका सर्जन डा. जेसी फिसरका अनुसार महिलालाई अस्पताल ल्याउँदा उनको स्वास्थ्य अवस्था सामान्य थियो। पेटमा कुनै विशेष पीडा वा अन्य गम्भीर लक्षण देखिएको थिएन।

पेटमा पुगेको काँटा निकाल्न चिकित्सकहरूले सुरुमा इन्डोस्कोपी विधि अपनाएका थिए। मुखबाट क्यामेरा भएको उपकरण पेटसम्म पुर्‍याएर काँटा निकाल्ने दुई पटक प्रयास गरिए पनि सफल हुन सकेन। काँटाको टुप्पो पेटको भित्री तहमा गाडिएकाले थप प्रयास गर्दा चोट लाग्ने जोखिम थियो।

त्यसपछि चिकित्सकहरूले ल्याप्रोस्कोपिक शल्यक्रिया गर्ने निर्णय गरे। पेटमा साना प्वाल बनाएर गरिएको शल्यक्रियाका क्रममा करिब चार सेन्टिमिटरको चिराबाट काँटा बाहिर निकालिएको थियो।

शल्यक्रियाका क्रममा काँटाले पेटमा प्वाल पारेको वा अन्य गम्भीर क्षति पुर्‍याएको नदेखिएको चिकित्सकहरूले बताएका छन्।

शल्यक्रियापछि महिलाको स्वास्थ्यमा कुनै जटिलता देखिएन। उनी शल्यक्रिया भएको दुई दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी थिइन्। त्यसपछि सामान्य खानपान गर्न सक्ने अवस्थामा पुगेको चिकित्सकले बताएका छन्।

स्रोत : न्यूजिल्याण्ड मेडिकल जर्नल

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।