सुदिप न्यौपानेको पार्थिव शरीर अन्त्येष्टिका लागि त्रिवेणी लगियो


काठमाडौं ।

भारतको काश्मिरमा मारिएका बुटवलका २३ वर्षीय सुदिप न्यौपानेको पार्थिव शरीर अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ ।

काश्मिरस्थित अन्नन्तनाग जिल्लामा मंगलबार भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका न्यौपानेको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवलस्थित घर ल्याइएको थियो ।

घरमा केहीबेर राखेपछि अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ । सुदिप शनिबार आफ्नी आमा, बहिनी र ज्वाइँसँग घुमघामका लागि काश्मिर गएका थिए । उनीहरू आतंककारीहरूको योजनाबद्ध हमलाको शिकार बनेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।