यस वर्ष र गत वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतीलाई प्रदान गरिने भएको छ।
पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा हालै बसेको बैठकले २०८० सालको पुरस्कार अभिनेता टिका पहारी र २०८१ सालको पुरस्कार अभिनेत्री रेजीना उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको हो।
४ दशकदेखि नेपाली फिल्म र कला संस्कृतिको प्रवद्र्धनमा सक्रिय टिका पहारी तथा दुई दशकभन्दा बढी समयदेखि अभिनयमार्फत नेपाली फिल्मको क्षेत्रमा योगदान पु¥याउँदै आएकी रेजीना उप्रेतीलाई जनही २५ हजार रुपियाँसहित यो पुरस्कार प्रदान गर्न लागिएको हो। बैठकले यसै वर्षदेखि आरम्भ गरिने नगद १० हजार रुपियाँ राशीको हरितारा चलचित्र पत्रकारिता पुरस्कार सञ्चारकर्मी विष्णु सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ।
त्यसै गरी परिवर्तन नेपालको हालै सम्पन्न बैठकले कलाकार तथा अधिवक्ता कृष्ण ढुंगाना र निर्देशक तगा सञ्चारकर्मी सम्झना उप्रेती रौनियारलाई जनही १० हजार रुपियाँसहित श्रीमती दुर्गादेवी पूण्य निरौला स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। साथै, अभिनेता रविन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाललाई परिवर्तन फिल्मकर्मी विशेष सम्मान २०८१ प्रदान गरिने भएको छ।
त्यसै गरी सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, कृष्ण भुषाल, र कमला जोशीलाई परिवर्तन फिल्म पत्रकारिता सम्मान २०८१ प्रदान गरिने भएको छ।
प्रतिक्रिया