के घर के डेरा घर नं २ जेठमा


सामाजिक कथामा बनेको फिल्म के घर के डेरा: घर नं २ आगामी जेठ २ गते रिलिजमा आउँदैछ।


के घर के डेरा: घर नं २ दुई वर्षअघि रिलिज भएको के घर के डेराको सिक्वेल हो अथवा नयाँ प्लट हो भन्ने जिज्ञासा पैदा गराएको छ। तर यसको टिजरले यो सिक्वेल नभएको संकेत गरेको छ। नामले भने सिक्वेल भएको जनाउँछ। जबकि दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्मको टिजरले पशुपतिप्रसाद १ को झल्को दिन्छ।

निर्देशक खनालले भने के घर के डेरा: घर नं २ सिक्वेल नभएको प्रष्ट पारेका छन्। ‘यो के घर के डेराको सिक्वेल होइन। घर र डेराको कुरा फिल्ममा छ। तर, यो के घर के डेराको सिक्वेल भने होइन’ दीपेन्द्रको भनाइ छ ‘यो बिलकुल नयाँ फिल्म हो, नयाँ कथा हो।’ के घर के डेरा कमेडी बेसमा बने पनि के घर के डेरा: घर नं २ सोसल ड्रामा भएको उनले प्रष्ट्याए। ‘यसमा मेरो ओर्जिनल प्mलेबर आउँछ।

म जसरी आफूलाई मन लागेको सोसल ड्रामा भन्दै आएको थिए, त्यसरी नै यो फिल्ममार्फत म आप्mनो जनराको फिल्ममा फर्किएको छु’ दीपेन्द्र भन्छन्। कर्णाली ब्लुज, एक्लो र फिरफिरे उपन्यासका लेखक तथा साहित्यकार बुद्धिसागरको लेखन रहेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतका कलाकारले अभिनय गरेका छन्।

बुद्धिसागरले पहिलोपटक फिल्म लेखेका हुन्। एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनद्वारा निर्मित फिल्ममा कृष्णबहादुर थापाको छायांकन रहेको छ भने कार्यकारी निर्माता युवराज कार्की हुन्।