लाज शरणम्ले १३ हलमा मनायो ५१औँ दिन


गत फागुन १४ गते रिलिजमा आएको फिल्म लाज शरणम्ले १३ हलमा प्रदर्शनको ५१औँ दिन मनाएको छ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्मित फिल्मले काठमाडौं उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सिडिसी ससनेमा र उपत्यकाबाहिर झापाको विर्तामोडको क्युएफएक्स, दमकको डिम्याक्स सिनेमाज र बुटवलको आइएनआई सिनेमाजमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी गराए।

पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको फिल्मले हालसम्म ५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको उनले बताए। सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), रेणु योगी, अर्पण थापा, कमलमणि नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बु, प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामतलगायतका कलाकारले अभिनय गरेको कर्णालीको कथाव्यथा प्रस्तुत फिल्म कुमार कट्टेलले निर्देशन
गरेका हुन्।