मधेस प्रदेश सभाको अधिवेसन अन्त्य


जनकपुर ।

मधेस प्रदेशसभाको चौथो अधिवेशन आज राती १२ बजेदेखि लागु हुने गरी अन्त्य हुने भएको छ । शनिबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिस अनुसार मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले चालु अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालयका कानुन अधिकृत सुरेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषदबाट चौथो अधिवेशन अन्त्य गर्ने सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आइतवार राति १२ बजेबाट लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको जनाएका हुन् ।

पुस २३ गतेदेखि चैत २८ गतेसम्म चलेको चौथो अधिवेशनमा २३ वटा बैठक बसेको थियो भने यस अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।